काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।
पोखरामा आज भएको कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्नेमा जाेड दिए। उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई आग्रह पनि गरे ।
राजनीतिक दलहरु र उम्मेदवारमाथि प्रेसले प्रश्न गरिरहनु पर्ने भन्दै उनले सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताए ।
अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले य यो सुखद कुरा रहेको उनको भनाइ छ ।



















