काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनका कारण नसकिएको बताए ।
उनले एउटा परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको उनले दाबी गरे ।
जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै उनले स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गरे ।
नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बाहिरिएकोमा कुनै कमेन्ट नगर्ने बताए ।



















