गुल्मी २ मा गोकर्ण विजयी

गुल्मी २ को प्रतिनिधिसभा सदस्यमा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन् ।

विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् ।

झाँक्रीले २६४४२ मत पाएकी छन् । यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।