किसानका प्यारा बुद्धि सर 

काठमाडौँ। सबैले बलेको आगो ताप्छन भने जस्तै काम परुन्जेल हजुर गर्ने ज्यु,ज्यु गर्ने काम नपर्दा बेवास्ता गर्ने प्रवृत्ति बढदाे छ। हरेक मान्छेले आ-आफ्नो ठाउँबाट समाजकाे लागि केही न केही याेगदान पुर्याएको हुन्छ। त्यस्तै कुनै पनि निकायमा काम गर्ने कर्मचारी होस शिक्षक होस उसको कार्यकाल भरी उसले धेरै साथी बनाएको हुन्छ धेरै मान्छेसँग चिनजान भएको हुन्छ।सबैको आ-आफ्नो तितो मिठाे अनुभव रहेकाे हुन्छ। येस्तै अनुभव भर्खरै मात्र अवकास लिएका कृषि प्रसार अधिकृत (आठौँ तह) तह बुद्धिप्रसाद श्रेष्ठको पनि छ।

उनले आफ्नो कार्यकालमा धेरै ठाउँमा काम गर्दै आएका थिए। कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र भन्डाराबाट आफ्नो अवकास लिएर बिदा भए। अवकास लिएर गैसकेपछि पनि उनी आफू त्यस क्षेत्रमा काम गर्न आएका किसानसँग अझै पनि सम्पर्कमा रहेर उनीहरुलाई आफूसँग भएका ज्ञानका कुरा बाँड्ने/सिकाउने गरेका छन्।

यसरी सम्पर्कमा रहिरहने कृषकहरुको साथी भएर आउने जाने गरिरहने हुँदा महालक्ष्मी नगरपालिका लुभु ८का हाम्रो किसान समूहले उनलाई बिदाइ तथा सम्मान कार्यक्रम गरेको छ। उक्त कार्यक्रम उनले भावुक हुँदै आफूले ३९ बर्ष एक महिना १६ दिन सेवा गरेकाे बताए।

‘मैले ०४० सालदेखि सरकारी सेवा गरे। शुरूदेखि नै कृषिमा विभिन्न जिल्ला प्रदेश हुँदै ललितपुर ज्ञान आठ वर्ष काम गरेँ’ उनले भने। ललितपुर हाम्रो कृषक समूहलाई आफ्नो कार्यकालमा रहँदा बस्दा भैपरी आएका समस्या समाधान गर्न मदत गर्ने सूचना दिने कृषकले पाउने अनुदानमा सधै साथ सहयोग गर्दै कृषकको जीवन स्तर उकास्न र उनीहरूलाई विभिन्न संघसस्था बाट पाउने सेवा सुविधाको बारेमा जानकारी दिँदै न किसानले न जानेका न बुझेका कुराहरुमा आफू ले भ्याएसम्म सहयोग गर्ने गर्थे।

कृषकप्रति देखाएको सहयोग सद्भावका कारण ललितपुर लुभुका हाम्रो कृषक समूहले उनलाई सम्मान तथा बिदाइ कार्यक्रमको गरेको थियो। उक्त कार्यक्रममा बुद्धीप्रसाद श्रेष्ठले भावुक हुँदै आफू कार्यलयमा रहँदा जस्तै अवकास पश्चात् पनि निरन्तर कृषकहरु सँग सम्पर्कमा रहने र आफ्नोतर्फ बाट निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे। कर्मचारी कार्यकालमा रहँदामात्रै सम्मानित हुने कार्यकाल सकिएपछि वास्ता न गर्ने प्रवृत्ति रहेको अवस्थामा अवकास पश्चात् पनि आफू समानित हुन पाउँदा धेरै खुसी लागेको उनले बताए।

विभिन्न क्षेत्रबाट आएर कृषि पेसामा आबद्ध ललितपुर ८ र ९ का कृषकहरुको समूह हो हाम्रो कृषक समूह। २०७५ साल चैत १३ गते दर्ता गरेर सामुहिक रुपमा कृषकको हकहितको लागि एकत्रित हाम्रो कृषक समुहमा सुरुमा २६ जना सदस्य रहेकोमा अहिले ३३ जना सदस्य रहेका छन्। हाम्रो कृषक समूहको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका अमृत विक १४ वर्षदेखि कृषि पेसामा आबद्द छन्। कृषि क्षेत्रमा भएका अनियमितता बेथिती र विसंगतीप्रति आवाज उठाउँदै कृषकलाई पेन्सन दिने सम्मानित दृस्ठिले हेर्ने मल बीउ समयमा उपलब्ध हुनु पर्ने र देशभर रहेका किसानहरु एकताबद्द हुनु पर्ने कुराहरु उठाउँदै आएका छन्।