राप्रपाबाट यी व्यक्ति बन्दैछन् समानुपातिक सांसद

काठमाडौँ।  थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।

राप्रपाबाट ७ जना (५ जना महिला)

खस आर्य २ जना

पशुपति शम्शेर जबरा

प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति २ जना

विना लामा

विनिता मगैया

दलित १ जना

अनिसा नेपाली

मधेशी १ जना

विना जयसवाल

मुस्लिम १ जना

नाजीया खातुन