काठमाडौं । चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो ।
आदेशमा शोभराजलाई अन्य मुद्दामा कैद भुक्तानी गर्नुपर्ने अवस्था नभए आजै मुक्त गरी १५ दिनभित्र आफ्नै देशमा फिर्ता पठाउन भनिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलासले यस्तो आदेश दिएको हो । १९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।
शोभराजलाई २०८० असोज १ सम्म कैदमा राख्नुपर्ने देखिन्छ ।


















