प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो ।

संसद्‍मा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।