काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटमा सहमति भएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति जुटेको हो ।
एमालेले राष्ट्रपति र सभामुख पद लिनेछ । प्रधानमन्त्री पद आलोपालो हुनेछ ।
तर त्यसबेला सभामुख भने माओवादी केन्द्रको हुनेछ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री लिने अवस्थामा सभामुख माओवादीले लिने बताइएको छ ।


















