राजनीतिमा असम्भव भन्ने केही छैन : सूर्य थापा

काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले सरकार गठनका लागि एमाले र माओवादीबीच सहकार्य हुनु स्वभाविक भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै चुनावअघिको गठबन्धन अनैतिक भएको बताएका हुन् ।

उनले भने, ‘चुनावअघि गठबन्धन गरेर जानेकुरा गलत हो । निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक हो। म गठबन्धन विरुद्ध लडेर आएको हुँ ।’

उनले पाँच दलीय गठबन्धनले सरकार र स्थितरता दिन नसक्ने चुनावअघि नै भनेको बताए ।

उनले भने, ‘नेपालका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन्। अरु केही पार्टी आउँछन् जान्छन्। यो प्रक्रिया चलिरहन्छ ।’ राजनीतिमा असम्भव भन्ने केही नुहुने उनको भनाइ छ ।