राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा अधिवक्ता पोखरेल नियुक्त

काठमाडौं । नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १५७ को उपधारा २ बमोजिम पोखरेललाई नियुक्त गरेकी हुन् ।