सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । शक्ति बाँडफाँट र सरकारको साझा रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्नेछ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन ।

सरकार बिस्तार र शक्ति बाँडफाँडबारे बुधबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।