प्रधानमन्त्री प्रचण्डलाई नेकपा एसले विश्वासको मत दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि नेकपा एस तत्काल सरकारमा भने सहभागी हुनेछैन ।

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् ।