प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरि सकियो

काठमाडौं । मंसिर ४ मा निर्वाचित प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठक सकिएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक भने मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सोही बैठकबाट प्रतिनिधिसभाको विश्वासको मत लिने जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरुको पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्याडेट दिएको प्रमाणित हुन्छ ।

विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री पद गएर नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ ।