रास्वपाले पायो उपसभामुखसहित शिक्षा र श्रम मन्त्रालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनवटा मन्त्रालय पाउने भएको छ । सोमबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको हो ।

गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ । उपप्रधान तथा गृहमन्त्रालय यसअघि नै रवि लामिछानले पाइसकेका छन् ।

स्रोतका अनुसार रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा भने तोक्न बाँकी छ ।

गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ ।