विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आजका लागि बैठक बोलाएका हुन् ।

सभामुख÷उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । “विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ,” सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।

प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।