सहमति विपरीत मन्त्रालय दिइएको भन्दै जनमत पार्टीले अस्विकार गर्यो खानेपानी मन्त्रालय

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै पदभार सम्हाल्न अस्वीकार गरेका छन्।

मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्।

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।

संसदमा जनमत पार्टीका ६ जना सांसद छन्।