बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

काठमाडौं । नाबालिका बलत्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन् ।

तनहुँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै बलात्कार मुद्दामा सफाइ दिएको हो ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कार मुद्दामा उनलाई सफाइ दिएको हो । दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो ।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको जानकारी दिए ।