तत्काल सरकारमा नजाने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँटमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले अहिलेको प्रस्तावमा असहमति जनाएको छ र यथास्थितिमा सरकारमा नजाने निर्णय गरेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले जसपालाई दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले त्यसमा असहमति जनाएका थिए । स्रोतका अनुसार जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ, तर माओवादी यो दिन तयार भएको छैन।

जसपा संसदीय दलका नेता रामसहाय यादव भन्छन्, ‘अहिलेको शक्ति बाँडफाँटमा हाम्रो असहमति छ । यसलाई पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौं ।’