एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

बुधबार साँझ बालकोटमा उनीहरूबीच छलफल भएको हो।

५:३० बजे बालकोट पुगेका सोङले करिब डेढ घन्टा ओलीसँग छलफल गरेको स्रोतले जनाएको छ।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

स्रोतका अनुसार राजदूत सोङले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे ओलीसँग चासो व्यक्त गरेका थिए।

नेपालका लागि चिनियाँ राजदूत बनेर आएपछि सोङ र ओलीबीच यो पहिलो भेट हो। दुई देशबीचको सम्बन्ध विस्तार, एक चीन नीतिमा नेपालको साथ र बीआरआई परियोजनाका विषयमा सोङले चासो राखेका थिए।