प्रतिनिधिसभामा मेरो निष्पक्ष रुपमा भूमिका हुनेछ : नवनिर्वाचित सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रजातन्त्र सुन्दर अभ्यास भएको र त्यही अभ्यासबाट आफू निर्वाचित भएको बताएका छन् ।

संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभामा आफ्नो भूमिका ठिक ढंगले गर्ने योजना रहेको बताए ।

उनले अघि भने,’सभामा मेरो निष्पक्ष रुपमा भूमिका हुनेछ। दलीय व्यवस्थामा दलहरू हुन्छ नै । छलफलबाट र निष्पक्षबाट सभा संचालन गर्नेछु ।’

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।