बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

उनीहरुबीच आगामी संसद बैठक र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सभामुख निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डसँगको यो पहिलो औपचारिक भेट हो।