नेप्सेमा दोहोरो अंकको वृद्धि, झण्डै साढे ३ अर्बको कारोबार

काठमाडौं । सेयरबजार आज पनि १०.३७ अंकले बढेको छ। बजार परिसूचक नेप्से उक्त अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको छ।

यस्तै, आज ९५ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४६ करोडको कारोबार भएको छ । कारोबार हुने कम्पनीहरुमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको १० करोड रुपैयाँको भएको छ ।

बुधबार सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावरका सेयरधनीले कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ३०.८० रुपैयाँ आम्दानी गरेका हुन्।

कुल १५९ कम्पनीमा उकालो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।