हामी नेपाल हिन्दू राष्ट्र हुनुपर्ने मुद्दामा अडिग छाैँ : राजेन्द्र लिङ्देन

रूपन्देही । उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला आफू नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्ने एजेण्डामा उभिएको बताएका छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार बोल्दै उनले असाध्यै कष्टकर दिनहरुमा पनि नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताए

लिङ्देनले भने, ‘गुरु पण्डितहरुले समेत बोल्न नसकेको बेला नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको मान्छे हुँ । त्यसकारण हिन्दूत्वसँग सम्बन्धित कार्यक्रमहरु जहाँ आयोजना गरिए पनि आफ्नै कार्यक्रम जस्तो लाग्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष समेत रहेका लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफू आनन्दित भएको बताए । उनले नेपालको ऐतिहासिक जगदगुरु पीठ निर्माण भएपश्चात यो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने बताए ।