राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाइएको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक आज बिहान ९ बजेका लागि बोलाइएको जानकारी दिए ।

माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयन गर्दै छ ।