रविको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै निर्वाचन कार्यालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम मतदाता नामावलीबाट हटाउन माग गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा उजुरी परेको छ। अधिवक्ता अनुपम भट्टराईले उजुरी दिएका हुन्।

हालै सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको फैसला दिएपछि उनको सांसद र मन्त्री पद गएको थियो।

फैसलालगत्तै लामिछानेले नयाँ नागरिकता लिइसकेका छन्।

तर, लामिछानेले पुरानो नागरिकताको आधारमा लिएको मतदाता परिचय पत्र रद्ध गरिदिन माग गर्दै अधिवक्ता भट्टराईले निवेदन दिएका हुन्।

उनले मतदाता नियमावली ऐन, २७३ को दफा १८(२) बमोजिम नामावलीबाट लामिछानेको नाम हटाउन माग गरेका छन्।