नयाँ राष्ट्रपतिबारे एमाले अध्यक्ष ओलीले भने – हामीले जो भन्छौं, त्यही आउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् ।

राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने,’हामीले जो भन्छौं उही हुन्छ ।’ ओलीले राष्ट्रपतिको सम्बोधन सन्तुलित र मुलुकप्रतिको जिम्मेवारीबोधका साथ आएका बताए ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनभित्र राष्ट्रपतिको उम्मेदवार एमालेबाट हुँदैछ। त्यस्तै, कांग्रेसले राष्ट्रपतिमा कुनै हालतमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गर्दै आएको छ।