राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (आइतबार) बस्दै छ।

राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्न लागेको हो।

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो।

जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्।