काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालका आसिफले ३४ औं ओभरको पहिलो बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ८८ बल खेलेका आसिफले १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । आसिफको अर्धशतकसँगै नेपालले ३४ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको छ ।

















