काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाले पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले पूर्वसांसद तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
सभामुख देवराज घिमिरेको प्रस्तावमा बैठकले शोक प्रस्ताव पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदन प्रकट गरेको छ । साथै बैठकमा मृतकको आत्माको चीरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।
२०१५ सालको आमनिर्वाचनमा धनकुटाको साविक क्षेत्र नम्बर २६ बाट नेपाली कांग्रेसबाट निर्वाचित तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत २४ चैतमा निधन भएको थियो ।


















