गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेस

पोखरा, १४ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेस गरेका छन् ।  कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेले बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका छन् ।

१२ वैशाखमा तीन दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

सोहीबमोजिम बिहीबार पाण्डेले बिहीबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।