उपचारपछि राष्ट्रपति आज भारतको नयाँदिल्लीबाट स्वदेश फर्किदै

काठमाडौँ, १७ वैशाख । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।

११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् । राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सोझै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ ।

स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो ।