इलाम,२ जेठ । पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ । यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७ गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन् । जसबाट ३५७ वटा गाई मरेका छन् । अहिले संक्रमणको दर पनि वढी रहेको छ भने गाईको मृत्यु दर पनि वढ्दो क्रममा रहेको छ ।
दुध उत्पादनमा मुलुककै अव्वल जिल्ला मानिएको इलाममा अहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमि अएको छ । यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुख जोड्न समस्या हुने देखिन्छ ।
यसरी रोगबाट पूर्वी नेपालमा हजारौँ पुशु चौपायको मृत्यु भई सकेको छ तर सरकारको तर्फबाट कृषकलाई कुनै राहत कार्याक्रम घोषण भएको छैन । केही स्थानीय सरकारले यस रोग विरुद्ध खोप अभियान सुरु गरे पनि केन्द्रीय सरकार भने यो रोगको बारेमा अहिले सम्म बेखबर रहेको छ ।
इलाममा पनि यो रोग अहिले दशवटै पालिकामा पुगिसकेको छ । दूग्ध उत्पादनका लागि कोशी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्युको संख्या दिनानुदिन बढ्दो छ ।
यो रोगले किसानमा धेरै नोक्सानी पु¥याई सकेको छ तर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले अहिले पशु सुरक्षकालागि कुनै पनि कदम नचालेको पशुपालक कृषकहरु वताउँछन् ।
अहिले इलाममा रोग गाउँभरी फैलिएको र गाउँपालिकाले पनि अहिले सम्म कुनै प्रकारको सहयोग नगरेको माइजोगमाई गाउँपालिकाकी किसान गीता पौडेल वताउँछिन् ।
गीता पौडेल, किसान, माइजोगमाई गाउँपालिका
रोग बढेपछि इलाम नगरपालिकाले भने नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले वताए ।
प्रवक्ता दुलालले भने, स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्वा खाद्य संगठन (एफएओ)बाट समेत प्रमाणित भएको बताए । उनले भने, ‘यो खोपका बारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ ।
नुतनदेव दुलाल, प्रवक्ता, इलाम नगरपालिका
जोर्डनबाट झिकाएको लम्पी सिल्ड एन नामको खोप नगर क्षेत्रका १० हजार पशुमा दिने अभियान सुरु गरेको दुलालले बताए । गत वैशाख २० गते प्रमुख केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो ।
जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको र यो रोगको संक्रमणको रोकथाममा कार्यालय लागि रहेको र यो रोगको संक्रमण भएको पशुबाट उत्पादित दूध मानिसले खान मिल्ने भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापा एवं सम्पर्क कार्यालय इलामका प्रमुख डा. राघवेन्द्र तिवारीले वताए ।
डा.राघबेन्द्र तिवारी, प्रमुख,पशु विज्ञ केन्द्र, सम्पर्क कार्यालय इलाम
यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ । गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसँगै कोशी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।


















