काठमाडौं,२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकसुरु भएको छ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।
यसैगरी, आजको बैठकमा अध्यक्ष लिङदेनले पेश गरेको राजनीतिक प्रतिवेदनसहित महामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।


















