सांसद असिम साहको प्रश्न : नाम मुछिएका सांसदहरुसग किन सोधपुछ भएन ?

काठमाडौं ७ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका र केही समय हराएकाहरु पनि संसदमा देखिएको बताएका छन् ।

आइतबारको प्रतिनधिसभा बैठकमा सांसद साहले नाम मुछिएकाहरुलाई प्रहरीले छानविनको घेरामा ल्याउछ कि ल्याउदैन भनेर प्रश्न समेत गरे । उनले बिभिन्न अडियामार्फत सांसदहरुकै नाम पनि आइरहेको अवस्था उनीहरुको अडियो छानविनमा राखिएको छ या छैन भन्दै प्रश्न समेत गरे ।

उनले भने ‘ भुटानी शरणार्थी प्रकरणको चलचित्रमा थुप्रै पर्दाका खलनायकहरु देखा परे तर धेरै जना पर्दामा नल्याई लुकाउने प्रयास गरिएको छ भनेर सुन्नमा आएको छ । शरणार्थी प्रकरणमा नाम जोडिएका सम्पर्क विहीन भनिएको सांसद संसदमा उपस्थित भईन् । त्यसपछि उनलाई सोधपुछमा ल्याईयो कि ल्यार्ईएन त ? विभिन्न नाम आएका अडियो समेत सार्वजनिक भएकाहरुसंग किन एकपटक पनि सोधपुछ भएन् ?
सांसद साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेठ चारमा खोल्ने भनिएको रहस्य आज खुल्छ की खुल्दैन भन्ने प्रश्न समेत गरे । उनले प्रमुख तीन पार्टी बसेर सबै कुरा टाकटुक्क मिलाईयो भन्ने गन्ध संसदभरि फैलि सक्यो त्यो गन्ध के हो ? भन्दै जिज्ञासा पनि राखेका छन् ।