काठमाडौं, जेठ । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भईरहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयामा कारोबार भईरहेको छ ।
अघिल्लो दिन छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।


















