दुई प्रधानमन्त्रीले दिल्लीमा उद्घाटन गरेपछि भारतको वथनाहाबाट छुट्यो रेल

काठमाडौं, जेठ १८ । भारतको बथनाहादेखि विराटनगरको बुद्धनगरसम्मको मालवाहक रेलवे सेवा बिहीबारदेखि सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि रेल बथनाहादेखि विराटनगरका लागि प्रस्थान गरेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले झण्डा देखाएर रेलवे सेवाको उद्घाट्न नयाँदिल्लीबाट गरेका हुन् ।