संसदमा ओलीको प्रश्न सिमाना मिचिने हामी बोल्न नहुने यस्तो पनि हुन्छ र ?

काठमाडौं, जेठ २२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, नेपालको भूमि मिचिएको कुरा बोल्न नहुने भन्दै संसदमा प्रश्न उठाएका छन् ।

सोमवार संसदमा विषेश समय लिएर बोल्दै, उनले छिमेकी देशका सेना सिमा भन्दा वर आएर बस्ने तर नेपालले सिमा मिचियो भन्न नमिल्ने भन्ने नहुने तर्क गरे । प्रतिपक्ष दलका नेता समेत रहेका ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सिमा विवादको विषयमा फितलो प्रर्दशन गरेको भन्दै आपत्ति जनाए । उनले नेपालको भूमि मिचिएको भन्ने तत्थ्य र प्रमाण हुदाँ हुँदै पनि प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको तर्क गरे । उनले भने ‘ सुगौलि सन्धि भन्दा ठुलो तत्थ्य प्रमाण के हुन सक्छ । तर प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ।’

दुबै सदनले पारित गरेरे संविधान संशोधन सुगौली सन्धिले तोकेको भूमि फेरी आफ्नोे भनेर प्रमाणीत गर्न आवश्यक नरहेको उनको तर्क छ । ‘ १ सय ४६ बर्षसम्म हामीले भोग चलन गरेको भूमि हामीले सदर गर्नु पर्यो भने । उनले भने सदर त सदर भै सक्यो नी । हामीले संविधानले सदर गर्यो । सबैले सदर गर्यो । इतिहासले सदर गर्यो । दुनियाँमा भएका नक्साहरुले सदर गर्या छ ।’ ओलीले भने ।

तर आवश्यक परे वार्तामा प्रमाण पेश गर्न नेपाल तयार रहेको बताए ।