काठमाडौं, जेठ २५ । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद चौधरीले गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित भएको बताए । यही कारण पनि जस्तापाताको छानो हटाएर ढलान गर्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।
उनले भने ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको छाना छ । त्यो जस्तापाताको सट्टा ढलान गर्न जोडदार माग गर्दछु ।’ सांसद चौधरीले जस्तापाताको छानो भएसम्म पंखा र बिजुलीको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनरत नेपाल कर्मचारी परिषदका माग सम्बोधन गर्न पनि आग्रह गरे ।
शून्य समयमा बोल्ने सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

















