काठमाडौ, जेठ २७ । पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले आफ्नो विरुद्ध नकारात्मक चर्चा गर्नेहरुलाई आगोसँग खेल्ने कोशिस नगर्न चेतावनी दिएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा किराँतीले आफुले घुस नलिएको कारण नै मन्त्री पदबाट बर्खास्त हुँदै छ भन्ने चर्चा चलेको भन्दै आगोसँग खेल्ने कोसिस नगर्न भन्दै चेतावनी दिएका हुन् ।
उनले भने,‘ अहिले प्रायोजित ढङ्ले मेरो विरुद्धमा हल्ला चलेका छन् । मन्त्री पदबाट बर्खास्त हुँदै छ भनेर, यो सबै चर्चा र परिचर्चा मैले घुस नखादा भएको हो । म घुस त खान्न खान्न खान दिन्न भन्दा चर्चा भएको हो । आगो बन्छु तर अन्याय म सहन्न दुई दिन बस्छु तर पापी बनेर घुस खाएर म बस्दिन् । कार्यक्रमबाट तिनीहरुलाई चेतावनी दिन चाहन्छु । गम्भीरताका साथ कान खोलेर सुन्न आग्रह गर्न चाहन्छु तपाईहरु आगोसँग खेल्ने कोशिस नगर्नुहोस् सत्य कहिँले डग्दैन् । ’
मन्त्री किराँतीले देश र जनतालाई धोका दिने काम कहिल्यै नगर्ने दावी समेत गरे ।

















