आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, जेठ २८ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ शुक्रबारकै मूल्यमा कारोबार हुनेछ ।

शुक्रवार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।