काठमाडौं, जेठ ३१ । गृहमन्त्री नारायण काजी श्रेष्ठले निर्वाचन आयोगका जिल्ला कार्यलयहरु खारेज नहुने प्रष्ट पारेका छन् ।
बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले, सरकारले जिल्ला निर्वाचन कार्यालयलाई व्यवस्थित गर्न मात्रै खोजेको जिकिर गर्दै निर्वाचन आयोगका जिल्ला कार्यलयहरु खारेज गर्ने मनसाय नभएको बताए ।
उनले भने ‘निर्वाचन आयोगका जिल्ला कार्यलयहरु खारेज गर्ने सरकारको आसय होईन् खारेज भएका छैनन् र खारेज हुँदैनन् । जिल्ला प्रसाशन कार्यलय भवन भित्र कुनै कार्यकक्ष दिएर हुन्छ या कर्मचारीहरु पनि जहाँ घटाउन सकिन्छ घटाउनु पर्छ कि भन्ने सरकारको दृष्टिकोण हो तर निर्वाचन आयोगसँग छलफल नगरी हुँदैन् ।’ त्यस्तै सरकार असल र मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।
‘स्वतन्त्र परराष्ट्र नीतिको अवलम्वन छिमेकी मित्र राष्ट्रहरुसँग समय निकटताको आधारमा असल मैत्रिपूर्ण सम्बन्ध ,राष्ट्रिय सुरक्षाको प्रवद्र्धनको निम्ती देश भित्र राष्ट्रिय सहमति र एकतालाई केन्द्रबिन्दुमा राख्छ त्यसको लागि प्रतिवद्ध छौं । ’


















