श्रीमानको कुटाइबाट घाइते दलित महिला सदस्यको निधन

काभ्रेपलान्चोक, जेठ ३२ । श्रीमानको कुटाइबाट घाइते भएकी नमोबुद्ध नगरपालिका वडा नम्बर ११ कि दलित महिला सदस्य ज्ञानिमा बिकको निधन भएको छ ।

४५ बर्षिय बिकको आफ्नै श्रीमानो पिटाइबाट घाइते पश्चात् उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय काभ्रेपलान्चोकले जनाएको छ । काभ्रेका एसपी भाग्येन्द्र पुरुष ढकालका अनुसार कुटपिट भएको थाहा पाउन साथ मृतक बिकको श्रीमान शम्भु बिकलाई पक्राउ गरेर ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाइएको छ ।

घटना जेठ २९ गते अन्दाजी राती १० बजेतिरको हो ।कुटाइबाट बिकको टाउको र शरीरभरी चोट लागेको थियोे । शम्भुलाई कुटपिट भएकै दिन पक्राउ गरिएको डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।श्रीमतीको मृत्यु पछि शम्भुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बडाइएको समेत बताए ।

कुटपिटबाट ज्यान गुमाएकी बिक नेकपा एमालेको संगठित सदस्य एवम् निर्वाचित दलित महिला वडा सदस्य समेत भएको एमाले नमोबुद्ध नगर कमिटी सचीव गणेश लामाले शोक बक्तब्य मार्फत जारीकारी दिएका हुन । लामाले बिकको निधनबाट पार्टीलाई क्षती पुगेको समेत बक्तब्य मार्फत बताएका छन् ।