काठमाडौं, असार २ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छिट्टै कांग्रेस रूपान्तरको विश्वव्यापी अभियान सुरू गर्ने बताएका छन् ।
शनिवार प्रेस युनियन ललितपुरको सातौं जिल्ला अधिवेशनमा उनले छिट्टै कांग्रेसले रूपान्तरणको राष्ट्रव्यापी अभियान सुरु गर्ने र विरक्तिएका मतदातालाई कांग्रेसमा फर्काउने दाबी गरे ।
उनले भने, ‘छिट्टै कांग्रेस रूपान्तरणको राष्ट्रव्यापी अभियान शुरू गर्छौं । कांग्रेस सङ्लिनु र तङ्ग्रिनुको विकल्प छैन । विरक्तिएका मतदाता र शुभेच्छुकलाई कांग्रेसमा फर्काउँछौँ ।’
नयाँ पार्टीहरु खहरेको भेलजस्तै भएको भन्दै उनीहरुबाट डराउँन आवश्यक नरहेको बताउँदै उनले भने, ‘ नयाँ दल खहरेको भेल जस्तै निकै गढगडाएर आयो भन्दैमा १ मेगावट विजुली निकाल्न पनि सकिदैन् । आउँछन–जान्छन् आत्तिनु पदैन् उनीहरुसँग ।’
महामन्त्री शर्माले संसदमा प्रधानमन्त्रीले बोल्दा विपक्ष दल सबै र पूर्व प्रधानमन्त्री समेत उभिएर विरोध गर्नु अस्वभनिय रहेको बताए ।
उनले भने, ‘सांसदहरु बोल्दै गर्दा हामी सुनेर बस्नु पर्ने हो र प्रधानमन्त्रीले बोल्दा त झन सबैले सुन्नु पर्ने हो । तर प्रधानमन्त्री बोल्दै गर्दा बीचमा प्रश्न उठ्यो प्रधानमन्त्री बोल्दै गर्दा पूर्व प्रधानमन्त्री उभिनु भएको छ । विरोध गर्नको लागि त्यो कति अस्वभनिय दृश्य छ ।’


















