काठमाडौ, असार ४ । सन् २०१९ मा, पान पानले म्यानमारको दक्षिणी बागो शहरमा रहेको सरकारी अस्पतालमा मेडिकल रेकर्ड शाखामा काम गर्दै आफ्नो पहिलो जागिर सुरु गरिन् ।
उनी अस्पतालको प्रमुख अभिलेख अधिकारी बन्न चाहन्थिन । तर चार वर्षपछि, ति २५ वर्षीया युवती थाईल्यान्डको बैंककमा टेबुलमा पर्खिरहेकी छिन्, क्रूर सैन्य शासनले आफ्नो देशमा शासन गरिरहँदा उनका सपनाहरू माटोमा मिसियो ।
“यदि विद्रोह नभएको भए, म कहिल्यै छोड्ने थिइन” उनी भन्छिन् । “म म्यानमारमा आफ्नो जीवन बनाउन चाहन्थे, तर मेरो देशमा अब कुनै सुरक्षित ठाउँ छैन ।”जब पान पानले कलेज समाप्त गरे, म्यानमार अझै पनि राजनीतिक स्वतन्त्रताको केही दुर्लभ दृश्यहरु देखिरहेका थिए, ५० वर्षमा पहिलो पटक । दशकौंको अस्थिरताले घेरिएको अर्थतन्त्र पर्यटकको आगमन र विदेशी लगानी भित्रिएपछि पुनः प्राप्ति हुन थालेको थियो ।
त्यसपछि फेबरवरी २०२१ आयो । सेनाले प्रजातान्त्रिक रूपमा निर्वाचित नेतृ आङ सान सुकीलाई गिरफ्तार ग¥यो, जसले रक्तपातपूर्ण गृहयुद्ध सुरु ग¥यो र अर्थतन्त्रलाई अधोगती तिर लाग्यो ।
विद्रोहपछिको आन्दोलनका प्रारम्भिक दिनहरू प्रतिरोध गर्ने युवायुवतीहरुलाई सरकारले समात्न थाल्यो, निगरानी बढाउन थाल्यो, त्यसैले छिट्टै परिवर्तन हुन्छ कि भन्ने आसा पनि घट्दै गयो । म्यानमारमा बस्न समेत जोखिम बढ्यो पान पान जस्ता व्यक्तिहरूका लागि, जो सैन्य शासनको विरुद्धमा नागरिक अवज्ञा आन्दोलनका सक्रिय सदस्य थिए, सार्वजनिक क्षेत्रका कर्मचारीहरूले नेतृत्व गरेको विशाल हड्तालमा सहभागी थिए ।
संयुक्त राष्ट्रसंघको अनुमान छ कि कू पछि करिब ७० हजार मानिसहरूले देश छोडेका छन् । आफ्नो परिवारलाई सहयोग गर्न जागिरको खोजीमा निराश युवाहरु पलायन भएको छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार सन् २०२० को तुलनामा सन् २०२२ को अर्धबार्षिक रिपोर्टमा ११ लाख भन्दा कम बर्मीहरूले काम गरिरहेका थिए । धेरैले रोजगारी गुमाएका छन् । पान पानका लागि म्यानमार छोड्ने निर्णय सजिलो थिएन ।
उनले एक आफन्तको घरबाट अर्को घरमा सरेर सेनाहरुको बेवास्ता गर्दै महिनौ सम्म बसिन् । उनी बागोमा बसिरहेकी थिइन् किनभने उनका धेरै साथीहरू जन्टाद्वारा मारिए । अन्ततः, अमेरिका बस्ने एक साथीले उनको चियांग माईको एकतर्फी हवाई टिकटको लागि पैसा पठाउन मद्दत गरे र त्यहाँ काम नपाएपछि उनी थाईल्यान्डको बैंकक पुगिन् । उनले पहिलो वर्ष भित्रै – बेबीसिटर, हाउसकीपर, वेट्रेस र लेवरकोे रूपमा विभिन्न काम गरिन् ।
“थाइल्याण्डमा जीवन कठिन छ किनभने म उनीहरूको भाषा बोल्न सक्दिन, र राम्रो अंग्रेजी बोल्न सक्दिन । म अझै पनि कानुनी रूपमा यहाँ बस्न सक्दिन तर यहाँ म्यानमार भन्दा सुरक्षित छ” उनले भनिन् । यसैबीच, पान पानले आफ्नो परिवार र चर्चका साथीहरूलाई धेरै मिस गर्छिन् ।
“मेरा धेरै साथीहरू अझै म्यानमार मै लुकेर बसेका छन्, घर–घर सर्दै छन् । केही मारिएका छन्” उनी भन्छिन् । “म सधैं आफैलाई सम्झाउँछु कि तिनीहरूको जीवन मेरो भन्दा धेरै गाह्रो छ, त्यसैले म बलियो छु ।


















