आइसीसी एकदिवसीय विश्वकप छनोटमा सन्दिपलाई पहिलो सफलता

काठमाडौं, असार ७ । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दिप लामिछानेले यसअघिका खेलमा भोगेको आलोचना तोड्दै ओपनर ब्रान्डन किङलाई आउट गरेका हुन् ।

टिमलाई राम्रो स्कोर तर्फ अगाडि बढाएका किङलाई सन्दिपले १५ ओभरको तेस्रो बलमा किङलाई पेभिलियन पठाए । आउट हुनुअघि ओपनर किङले २ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए ।

त्यसअघि दोस्रो ओभरको तेस्रो बलमै पहिलो विकेट लिएको नेपालले तेस्रो विकेट लिदाँ १७ ओभरको खेल सकिएको छ भने न्युजिल्याण्डले ७० रन बनाएको छ ।

करण केसीले केल मायरलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् ।

त्यस्तै गुलशन झाले जोनसन कार्लेसलाई आरिफ शेखको हातबाट सुन्य रनमा पेभिलिएन पठाएका हुन् । नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।

पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो ।
नेपालले कुनै पनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।