काठमाडौं, असार ८ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले, अनुगमन तथा निरीक्षणको काम प्रभावकारी हुदै गएको ठहर गरेको छ ।
राष्ट्रिय सभा अन्तरगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति माया प्रसाद शर्माले समितिले गरेको स्थलगत अनुगमन र निरिक्षण प्रभावकारी बनेको बताएका हुन् ।
उनले स्थलगत अनुगमन र निरिक्षण कार्यक्रमको समिक्षा गर्दै सुस्म अध्यनबाट सकारात्मक र फाईदाजनक कार्य भएको दाबी गरे ।
उनले भने, ‘हामी आफ्नो कार्य क्षेत्रभित्रहरुको अध्ययन गर्दै छौ । अनुगमन गर्दै छौ कहाँ हाम्रो दायरा छ, अरुको क्षेत्रमा हामीले हात हाल्नु हुदैँन् । त्यो हस्तक्षेप हुन्छ, आफ्नो छोड्नु हुदैँन किनभने त्यो लापरवाही हुन्छ । त्यसकारण हामीले सुस्म ढङ्गले अध्यन गर्नुपर्छ । यसबाट हामीलाई फाईदा नै हुन्छ ।’
उनले रकमको बारेमा, ठेक्का कसले लिएको बारेमा केही थाहा नहुने र विकास निमार्णको समग्र अवस्था कस्तो रहेछ भन्ने बारे अनुभव पनि गर्न नपाउनु विकासको सबैभन्दा ठूलो चुनौती रहेको पनि बताए । उनले भने, ‘राजधानीमा विकास निमार्णको काम गर्दा अवस्था कस्तो रहेछ, भन्ने विषयमा गहिरो ढङ्गले अध्यन गरेका थियौ । अध्ययनमा हरेकले सोचेको भन्दा फरक भएको पाइन्छ । रकमको बारेमा, ठेक्का कसले लिएको बारेमा केही थाहा नहुने र सबैभन्दा ठूलो चुनौती के रहेछ भने त्यसको समग्र अवस्था कस्तो रहेछ भन्ने हामीले अनुभव नै गर्न नपाउने रहेको छ ।
यस्तै, समितिका सदस्य गरिमा शर्माले सरकारी जग्गा कब्जा गर्नुको साथै, भाडामा लगाएको कुरा आएको भन्दै त्यसमा बढि ध्यान दिन आवश्यक भएको बताईन् । उनले पशुपतिमा रहेको वृद्धा आश्रम भूकम्पको कारण जीर्ण हुनुको साथै, रेक्टोफिटिङको लागि समस्या र बिल्डिङ्हरु पुरानो भएकोले छिटो भन्दा छिटो त्यहाँ रहेका मानिसहरुलाई सार्नु पर्ने कुरा पनि व्यक्त गरेकी छिन् ।
उनले भनिन्, सरकारी जग्गा कब्जा गर्ने कोही सुकुम्बासी जस्ता छन् । कोही हुकुमबासी जस्ता छन् । सरकारी जग्गा कब्जा गर्ने मात्रै नभई भाडामा लगाएको कुरा समेत आएको छ । यस कुरामा हामीले अलि धेरै ध्यान दिनपर्छ । यो अलि जटिल जस्तो मैले देखे । महिला मन्त्रालयको कुरा सुन्दा पशुपतिमा रहेको वृद्धा आश्रम भुकम्पले गर्दा जीर्ण रहेको रेक्टोफेटिङको लागि समस्या र पुराना बिडिङ भएकोले त्यहाँ राख्ने स्थिति छैन । त्यसकारणले छिटो भनदा छिटो सार्न पर्ने र सार्नको लागि तुरुन्त अर्को बल्डिङ आवश्यक छ ।

















