काठमाडौं, असार १२ । नेपाल सरकारले बिहीवार सार्वजनिक विदा दिने भएको छ ।
मंगलवार गृह मन्त्रालयले सुचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा ) को उपलक्षमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
मुस्लिम समुदायहरुकोे बकर ईद दोस्रो महान पर्व हो । इस्लाम पात्रो हिजारी संवत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।
ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् । पर्व मनाउनुअघि उनीहरु बिहानै नुहाई–धुवाई गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गरी शुद्ध भइसकेपछि मस्जिदमा पुग्छन् र नमाज पढ्छन् । त्यसपछि एकअर्कामा अंकलमा गर्दै शुभकामना आदनप्रदान गर्छन् ।


















