दुई सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं, असार १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन–चाँदीको मूल्य बढेको छ ।

सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी,चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।