विद्युत ट्रिपिङको समस्या समाधान गर्न सांसद पन्तको माग

काठमाडौं, असार १३ । रघुजि पन्तले विद्युतको उत्पादन प्रयाप्त भएको समयमा समेत आम नागरिकले बारम्बार विद्युत जाने समस्या भोग्नु परेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले, खाना बनाउदाँ, कम्युटरमा कामगर्दा बारम्बार विद्युत गएर हैरानी व्यहोर्नू परेको भन्दै त्यसको कारण माग गरेका छन् ।

‘दैनिक ५ सय मेगावट विद्युत खेर गईरहेको छ । विद्युत ट्रिपिङ भईरहेको छ । उत्पादन भएको विद्युत बाहिर निर्यात गर्न पनि सकिरहेको छैन् । विद्युत प्राधिकरण विद्युत उत्पादन नगर भनेर उत्पादकहरुलाई ३० वटा आयोजनाहरुलाई नगर भनेर रोकेको छ। ’ उनले भने ‘विद्युत छ विद्युत गइराख्छ । भनेपछि हाम्रो योजना के हरेछ भनेर यहि कुराले प्रस्ट हुन्छ ।’