काठमाडौंअसार १७ । प्रेम सुवालले मुलुकको स्थिती पुँजीवादी देशहरु भन्दा फरक नभएको टिप्पणी गरेका छन् ।
आईतवार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिदैँ उनले देशको स्थिती पुँजीवादी देशतर्फ लम्केको र यसको उदाहरण मिटर व्याजीहरु भएको भन्दै व्यङ्ग्य गरे ।
उनले भने ‘हाम्रो देशको स्थिती पुँजीवादी देशहरु भन्दा फरक छैन । पुँजीवादी व्यवस्थामा असभ्य अवस्था छलपूर्ण स्थितीहरु हुने । यसैको उदाहरण हो अहिलेको मिटर व्याजी । विधेयकलाई समितिमा लगेर अझै सवल बनाउन जरुरी छ ।’
केही मान्छेलाई पोस्ने असंख्य मान्छेको घाँटी न्याक्ने प्रवित्तीलाई नियन्त्रण गर्नु पर्ने उनको भनाई छ ।
उनले सरकारले हरेक नागरिकको गर्भदेखि चिहानसम्मको जिम्मा लिनुपर्ने बताए । मन्त्री भनेको चिल्लो गाडीमा हिड्ने मात्र नभएको उनको भनाई छ । यसको साथै न्यायलय भद्रगोल अवस्थामा भएको र न्यायलयको फैसला माथि नै अनुगमन गर्नु पर्ने अवस्था आएको जिकिर गरे ।


















